२०८१ बैशाख १४ शुक्रबार

कर्णालीमा एमालेको ‘मिशन ग्रासरुट’ अभियानको श्रीगणेश

कर्णालीमा एमालेको ‘मिशन ग्रासरुट’ अभियानको श्रीगणेश
२०७९ फागुन २ मङ्गलबार Author: kachapate

नेपाल कम्युनिस्ट पार्टी (एमाले ) कर्णाली प्रदेश सम्पर्क कमिटीले दुई महिने पार्टी सुदृढीकरण तथा बिस्तार अभियान “मिसन ग्रासरुट” को सुभारम्भ गरेको छ ।  पार्टीका भूगोल कमिटीको साथै सम्पर्क कमिटीका नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको कार्यक्रमकाे प्रमुख अतिथि कर्णाली प्रदेश अभियानका केन्द्रिय सहजकर्ता तथा एमाले केन्द्रिय कमिटी सचिब योगेश भट्टराई रहेका थिए । भट्टराईले कार्यक्रममा अभियानकाे विषयमा कार्यकर्तालाई जानकारी गराउनुका साथै अन्तरक्रिया गरेका थिए ।

नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय सदस्यहरुलाई विभिन्न तहमा खटाएको थियो। यसै बमोजिम सचिव भट्टराईलाई कर्णाली प्रदेशमा सहजीकरणका लागि खटाएको थियो । पार्टीको २६ माघमा बसेको केन्द्रीय सचिवालयको बैठकले फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो ।

अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ ।