२०८१ बैशाख १२ बुधबार

गुल्मीमा जीप दुर्घटनामा परी ३ जनाको मृत्यु, ७ घाइते

गुल्मीमा जीप दुर्घटनामा परी ३ जनाको मृत्यु, ७ घाइते
२०७८ श्रावाण १३ बुधबार Author: kachapate

काँचापाते संवाददाता
काठमाडौँ,श्रावण १३ गते । गुल्मीको मुसीकोट नगरपालिका ४ स्थित दोभानमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।बुधबार चन्द्रकोट ४ शान्तिपुरबाट तम्घास जाँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसीकोट दोभानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।

करिब ४ सय मिटर तल खसेको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।मृतक मध्ये चन्द्रकोट गाउँपालिका ४ काबस्ने अन्दाजी ४५ वर्षीय तेजबहादुर थापा र चन्द्रकोट ५ का रेशम कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए।अझै अर्की एक महिलाको सनाखत हुन बाँकी रहेको उनले बताए ।

घाइते ७ जनालाई उपचारको लागि तम्घास अस्पताल ल्याईएको छ । घाइते हुनेमा चालक पनि परेका छन् ।