२०८० चैत १५ बिहीबार

‘च्याट जीपीटी’ के हो ? के के गर्न सक्छ ?

‘च्याट जीपीटी’ के हो ? के के गर्न सक्छ ?
२०७९ फागुन ५ शुक्रबार Author: kachapate

अहिले नेपालमा च्याट जीपीटीको चर्चा दिनानुदिन बढ्दै गइरहेको छ । गुगलमा च्याट जीपीटीबारे सर्च गर्नेमा नेपाल विश्वमै पहिलो मुलुकमा परेको छ । पहिलोमा चीन परेको छ भने तेस्रोमा नर्वे र चौथोमा सिंगापुर रहेको छ ।

यदि तपाईं च्याट जीपीटीको निर्माण र विकास गर्ने संस्था ओपन एआई हो । यस कम्पनीमा आवद्ध अनुसन्धानकर्ता र इन्जिनियरहरूको टोलीले आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधुनिक विकासमा काम गर्ने गर्छ । यो कम्पनीको शुरूवातकर्ता मध्ये एक विश्वका धनाढ्य एलन मस्क समेत हुन् । यद्यपि उनी अहिले उक्त कम्पनीबाट बाहिरीई सकेका छन् ।

विश्वमा च्याट जीपीटीले कतिसम्म चासो पैदा गरेको छ भने यसमा माइक्रोसफ्ट कम्पनीले आगामी केही वर्ष भित्रका लागि दस बिलियन डलर लगानी गर्ने  सम्झौता गरिसकेको छ ।

च्याट जीपीटी के हो ?

च्याट जीपीटी ओपन एआई द्वारा बनाइएको एक भाषा मोडल हो । कुराकानी गर्न सक्ने एआई प्रविधिलाई अगाडि बढाउन र सोही अनुसार विस्तार गर्न च्याट जीपीटीको आविस्कार गरिएको हो । यसमा हामीले च्याट गरेकै शैलीमा जवाफ पाउन सक्छौं । तपाईंले च्याट जीपीटीलाई जुनसुकै समयमा कुनै प्रश्न सोधे तापनि यसले सहजै उत्तर दिन्छ । अझ यसले विशेषगरी विद्यालय तथा कलेजमा पढिरहेका विद्यार्थीहरू लाई सहयोग पुर्याउने गरेको छ । होमवर्क गर्न गह्रौ हुँदा तपाईंले च्याट जीपीटीसँग सहयोग माग्नु भयो भने होमवर्क गर्न पनि सहयोग गर्छ । तपाइँले सोध्नुभएको सवालको जवाफ तपाईंलाई चाहिएकै शैलीमा पाउनुहुन्छ । यसले भाषाको अनुवाद गर्न सक्छ । तपाईंले कसैलाई इमेल पठाउनु छ र कसरि पठाउन भनेर आएन भने चिन्ता लिनु पर्दैन । जुन जुन कुरा राखेर इमेल लेख्न पर्ने हो, तिनै कुरा समेटेर इमेल लेख्न आग्रह गर्नुभयो भने सोही अनुसार इमेल पनि लेखिदिन्छ ।

च्याट जीपीटीले समाचार पनि लेख्न सक्छ । अझ रोचक कुरा त के छ भने अमेरिकाको वाल्टन विश्वविद्यालयका एक प्रोफेसरले च्याट जीपीटीलाई केही समय अघि एमवीएका लागि तयार गरिएको प्रश्नहरू सोधे । च्याट जीपीटी उक्त परीक्षामा पास भयो ।

विश्वभर यसरी सनसनी मच्चाएको च्याट जीपीटीलाई धेरैले भविष्यमा काममा हुने सहजाका रूपमा पनि हेरेका छन् । उदाहरणका लागि कुनै वित्तीय संस्थाले च्याट जीपीटीको सहयोग लिएर ऋण आवेदनहरू अगाडि बढाउन सक्छ र सो संस्थामा भएका जनशक्तिलाई अन्य काममा लगाउन सक्छ । जसले गर्दा संस्थालाई फाइदा हुन सक्छ ।

तपाईंले माइक्र‍सफ्टको वर्ड, एक्सेल लगायत चलाउन जान्नु भएको छैन र त्यसैका कारण अप्ठ्यारोमा पर्नु भएको छ भने पनि सहजै तपाईंको समस्या हल गर्ने बाटो देखाइ दिन्छ । तपाईंलाई कुनै सफ्टवेयर बनाउन पर्ने छ भने च्याट जीपीटीले त्यसको क्लुज लेखिदिन सक्छ । हिसाबका कठिन कठिन समस्याहरू हल गरिदिन सक्छ ।

च्याट जीपीटीको अत्यधिक प्रयोग गर्दा मानिसहरू प्रविधीमै पूर्णरूपमा परनिर्भर त हुने होइनन् ? भन्ने प्रश्न खडा गरेको छ । त्यस्तै मानिसहरूको समालोचनात्मक टिप्पणी गर्ने चेे र समस्या हल गर्ने क्षमतामा कमि आउने त होइन भन्ने सवाल पनि उत्पन्न भएको छ । यसको बढ्दो प्रयोगले मानिसले गर्ने प्रायःजसो कामहरू च्याट जीपीटीले नै गरिदिए धेरै मान्छे बेरोजगार हुनुपर्ने हो कि ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।