२०८१ बैशाख १५ शनिवार

कर्णाली नदीमा डुंगा पल्टिँदा एकको मृत्यु, तीन बेपत्ता

कर्णाली नदीमा डुंगा पल्टिँदा एकको मृत्यु, तीन बेपत्ता
२०७८ श्रावाण १७ आइतबार Author: kachapate

देवराज जैसी
सुर्खेत,श्रावण १७ गते । टीकापुर कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । मोहन्याल गाउँ पालिकाको वडा नं ३ राङ्गा मलेखा बाट बच्चालाई खोप लगाउन सुर्खेतको बिजौरा स्वास्थ चौकिमा आउने क्रममा काठको डुङ्गा बाट कर्णाली तर्दा डुङ्गा पल्टिएको थियो ।

डुङ्गामा सवार १० जना यात्रु मध्य तिनजना बेपत्ता , एक जना गम्भीर घाईते र बाकि सामान्य घाइते भएको स्थानीय बासिन्दा एवम् बिजौरा निवासी चेतराज बिसिले टेलिफोन मार्फत जानकारी दिएका छन् ।

कैलालीको मोहन्याल स्थित ईप्रका सोल्टाको कार्यक्षेत्र भएकोले ईलाका प्रहरी कार्यालय सोल्टाको टोलि खोजि कार्यमा आउने क्रममा रहेको छ ।