२०८० चैत ६ मङ्गलबार

सुर्खेतबाट EVRS System को सुरुवात,अब छिटै ESewa बाट कर तिर्न मिल्ने

सुर्खेतबाट EVRS System को सुरुवात,अब छिटै ESewa बाट कर तिर्न मिल्ने
२०७८ श्रावाण २१ बिहीबार Author: kachapate

देवराज जैसी ।
सुर्खेत,२१ श्रावण । आज सुर्खेतमा यातायात व्यवस्था कार्यालय सुर्खेतको आयोजनामा एक औपचारिक कार्यक्रमको कर्णाली प्रदेश सरकारका माननीय भौतिक पुर्बाधार तथा शहरी विकास मन्त्री अम्बर बहादुर थापाले EVRS System को समुद्घाटन गर्नुभएको भएको छ।सो समुद्घाटन भौतिक पुर्बाधार तथा शहरी विकास मन्त्रालयका सचिव श्री प्रसाद सिग्देलको अध्यक्षतामा संचालन भएको थियो।

उक्त उद्घाटन कार्यक्रममा यातायात व्यवस्था विभागका प्रतिनिधि शिवलाल भुषालले देश भरीमा EVRS System को सुरुवात सुर्खेतबाट सुरु गरिएको र अब चाडैं नै देश भरीका यातायात व्यवस्था कार्यालयहरुबाट पनि सुरु हुने र अबको एकमहिना भित्रमा घरबाटै ESewa बाट समेत कर तिर्न सकिने गरि काम भईरहेको व्यहोरा जनाउनु भयो।