देवराज जैसी
सुर्खेत,१५ साउन ।कैलालीको कर्णाली नदीमा स्कारपियो गाडी खस्दा दुई जना बेपत्ता भएका छन् । स्कारपियो दुर्घटनामा तीन जना बालक घाईते घएका छन् । कैलाली मोहन्याल गाउँपालिका वडा न.०७ बाँका स्थित चिसापानी देखि सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जिप सडकमा ब्याक गर्ने क्रममा सडकबाट करीव ३ किमी उत्तरस्थित सडकखण्डबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेको हो ।
नेपालगञ्जबाट उपचार गरेर घर फर्किएर कुईने घुम्न जादै गर्दा चढेको स्कारपियो मोहन्याल गाँउपालिकाको बाँकामा सडकबाट कर्णाली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले पाँच जना सवार रहेको स्कारपियोमा तीन जना बालबालिका सडकबाट सय मिटर तल खसेको अवस्थामा पाईएको र अन्य दुई जना गाडी सहित नदीमा खसेको बताए ।
स्कारपियोमा डोटीको आर्दश गाँउपालिकाका चन्द्र जोशी,रुपी जोशी,लक्ष्मी जोशी,भुवन जोशी, र सावित्री जोशी सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दियो। नदीमा खस्दा चन्द्र जोशी,रुपी जोशी वेपत्ता भएका छन् भने तीन बालबालीकाको अवस्था जटिल रहेकोले तीनै जनालाई नेपालगञ्ज लगिएको छ । वेपत्ता भएका दुबै जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।