२०८१ बैशाख १४ शुक्रबार

पछिल्लो २४ घण्टामा तीन हजार ५४० संक्रमित थपिए, आठ हजार २४३ कोरोनामुक्त

पछिल्लो २४ घण्टामा तीन हजार ५४० संक्रमित थपिए, आठ हजार २४३ कोरोनामुक्त
२०७८ जेठ २२ शनिवार Author: kachapate

काठमाडौं, जेठ २२ गते । नेपालमा एकैदिनमा कोरोनामुक्त हुनेको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा आठ हजारभन्दा बढी कोरोनामुक्त भएसँगै नेपालमा हालसम्म चार लाख ८४ हजार ३७३ जना निको भएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८५ हजार १०० पुगेको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) पुगेको छ । यस्तै निको हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ६८ जना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म सात हजार ७९९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।