२०८१ बैशाख २६ बुधबार

कोरोना संक्रमण बढ्दो क्रममा : एकै दिनमा ७ हजार १ सय ३७ जना संक्रमित २७ जनाको मृत्यु

कोरोना संक्रमण बढ्दो क्रममा : एकै दिनमा ७ हजार १ सय ३७ जना संक्रमित २७ जनाको मृत्यु
२०७८ बैशाख १९ आइतबार Author: kachapate

काठमाडौँ, १९ बैशाख । नेपालमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा थप सात हजार एक सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार एक सय ४७ पिसिआर परीक्षणबाट आइतबार सात हजार एक सय ३७ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

२४ घण्टामा १६ सय १२ जना डिस्चार्ज भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।हालसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।