२०८१ जेठ १६ बुधबार

कालीकोटमा यात्रु बाेकेर क्वारेन्टिन हिँडेकाे टिपर कर्णालीमा खस्यो, ३२ जना बेपत्ता

कालीकोटमा यात्रु बाेकेर क्वारेन्टिन हिँडेकाे टिपर कर्णालीमा खस्यो, ३२ जना बेपत्ता
२०७७ जेठ २८ बुधबार Author: kachapate

काठमाडाैं । कालीकोटको जितेबजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर लालीघाटस्थित कर्णाली नदीमा खसेको छ ।

रासकोट नगरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्याउन हिँडेको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । नदीमा हराएकाहरुको खोजी कार्य जारी रहेको जनाइएको छ ।