२०८० मंसिर २३ शनिवार

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय
२०७९ माघ १६ सोमबार Author: kachapate

काँचापाते सम्वाददाता, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ । सोमबार आयोगको केन्द्रीय कार्यालय  कान्तिपथमा बसेको बैठकले  फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘केही समयमा हामी निर्वाचन तालिका सार्वजनिक गर्दैछौं,’ थपलियाले भने । राष्ट्रपतिको निर्वाचन मिति चाँडो घोषणा गर्न राजनीतिक दलहरुले माग गर्दै आएका थिए ।

राष्ट्रपति विद्यादेवि भण्डारीको ५ वर्षे कार्यकाल यही फागुन २९, २०७९ मा सकिँदै छ भने उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल यही चैत ३, २०७९ मा सकिँदै छ ।