२०८० मंसिर २३ शनिवार

मा‍ओवादीले एमालेलाई धोका दिने संकेत, गर्यो यस्तो कुटिल निर्णय

मा‍ओवादीले एमालेलाई धोका दिने संकेत, गर्यो यस्तो कुटिल निर्णय
२०७९ माघ १४ शनिवार Author: kachapate

काँचापाते सम्वाददाता, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को शंकास्पद निर्णयले सत्ता साझेदार दल नेकपा एमालेलाई धोका हुनसक्ने संकेत देखिएको छ ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयबाट सो संकेत देखिएको हो ।  शुक्रबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आगामी राष्ट्रपति निर्वाचनमा दलीय सहमति जुटाउनका लागि नेपाली काँग्रेस लगायतका दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले संसदमा रहेका दुई दल बाहेक सबै दलले आफुलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने जिम्मेवारी माओवादी केन्द्रको रहेको निष्कर्ष निकालेको बताए । उपाध्यक्ष एवं पार्टिका प्रवक्ता कृष्णबहादुर महराले सबै दलसँग छलफल गर्ने र सहमतिका लागि पहल गर्ने निर्णय बैठकले गरेको बताए । उनले राष्ट्रपति निर्वाचन यहि फागुन २५ गते देखि २८ गते सम्म सम्पन्न हुने पनि बताए । माओवादी केन्द्रको यस्तो निर्णय आएपछि अर्को सत्ता साझेदार दल नेकपा एमाले भने सशंकित भएको छ । नेता महराले सत्तारुढ दलहरु बीच भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने हो, तर  यसलाई एमालेले धोकाका रुपमा लिन नहुने बताए ।

प्रधानमन्त्रि प्रचण्डले काँग्रेसले समेत प्रधानमन्त्रिलाई विश्वासको मत दिएपछि राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् । माघ ३ मा संसदमा पेश भएको प्रधानमन्त्रि लाई विस्वासको मत सम्वन्धि प्रस्तावमा नेमकिपा र जनमोर्चा बाहेक काँग्रेस सहितका सबै दलहरुले प्रस्तावको पक्षमा मतदान  गरे यता प्रधानमन्त्रि प्रचण्डले राष्टिय सहमतिका लागि दलहरुसँग छलफल अगाडी बढाए पछि सत्ता साझेदार दल नेकपा एमाले असन्तुष्ट समेत भएको छ ।

सरकार गठनका बखत सत्ता गठबन्धनका दलहरु बिच मुख्य मुख्य पदहरु बाँडफाँडका विषयमा सहमति भएको थियो । जस अनुसार उपराष्ट्रपति र प्रधानमन्त्रि माओवादी केन्द्रले लिने, राष्ट्रपति र सभामुख एमालेले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले लिने सहमति थियो । माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति गर्ने भन्दै काँग्रेस प्रति झुकाव देखाए पछि काँग्रेसका नेताहरु समेत माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई मत दिनेमा विस्वस्त छन् भने एमाले चाहिँ मओवादी केन्द्रबाट धोका हुने कुरामा सशंकित रहेको छ ।