काँचापाते सम्वाददाता, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्रि रवि लामिछानेको नागरिकता सम्वन्धी मुद्दामा सर्वोच्चको फैसलाले उनको पद खारेज भएपछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले ट्वीटर मार्फत आफ्नो टिप्पणी गरेका छन् । फैसला लगत्तै सो को दुईवटा आलोचनात्मक टिप्पणी ट्वीट गरेका छन् । एक ट्वीटमा राईले लेखेका छन्, “को हो नागरीक ? के हो नागरीकता ? के हो न्याय र कहाँ छ न्यायलय ? नुन सम्म नहुने देशको हजार थरि कानुन ! कठै मेरो देश… यो देशको माटो राम्रो तर यो माटोमा पैदा भएका अधिकाँश मानिसहरु किरामाकुरा जस्ता ! छि… घीन लाग्छ कहिले कहिँ त !”
राईले यस्तै अर्को ट्वीटमा भनेका छन्, “यो देश र देश बाहिर हजारौं, लाखौं रबिहरुलाई अनागरिक बनाइएको र बन्न बाध्य पारिएको छ यो देशका शासकहरुले ।
हो त्येही विरुद्धको लडाइँ नै हाम्रो अन्तिम लडाइँ हो । अब लड्नुपर्छ ।”