२०८० मंसिर १७ आइतबार

माओवादी केन्द्र पञ्चपुरी नगर कमिटीद्धारा वर्षाको ध्यानाकर्षण प्रेस विज्ञप्ति जारी

माओवादी केन्द्र पञ्चपुरी नगर कमिटीद्धारा वर्षाको ध्यानाकर्षण प्रेस विज्ञप्ति जारी
२०७९ असोज ३ सोमबार Author: kachapate

असोज ०३, सुर्खेत । केही दिन देखिको अबिरल बर्षातका कारण पञ्चपुरी नगपालिका वडा न १० (बाघगडा, गल्फा) ,वडा न ११ तातापानी ,वडा न ९ ,राग (खरालटोल,चुहानटोल ,बसन्ते),वडा न ७ जंगलाघाट लगाएतका विभिन्न बस्तीहरुमा वाढी र पहिरो पसेर बालिनाली,पशुचौपाया,घरखेत लगायतका भौतिक संरचना क्षति पुर्याउनुका साथै खानेपानी ,सिचाइ र यातायात अबरुद्ध भएकोले समयमै उदार ,राहत र क्षतिपूर्तिको व्यवस्थापन गर्न र मौसममा अपेक्षित सुधार नभएकोले नदी र खोला छेउका जोखिममा रहेका बस्तीका जनसमुदायहरु लाई उच्च सतर्कता अपनाउदैं सुरक्षित स्थानमा स्थानान्तरण गरि खाना र बासको उचि व्यवस्थापन गर्न स्थनीयवासीहरुले स्थानीय ,प्रदेश र संघीय सरकारका सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रभावित बस्तीहरुको स्थलगत अनुगमन गर्दा जनताको माग भनेको सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नु पर्ने रहेको छ । जलवायु परिवर्तन र पछिल्लो निरन्तरको प्राकृतिक प्रकोपको अवस्थालाई हेर्दा जुनसुकै समयमा जस्तोसुकै प्राकृतिक बिपत्ति आई ठूलो धनजनको क्षति हुनसक्ने बिषयप्रति समयमै सचेत हुदै नदीनाला र खोला छेउका बस्तीहरुलाई दिर्घकालीन योजना सहित सुरक्षित स्थानमा स्थानान्तरण गरि जनताको जिबन रक्षा गर्न सम्पूर्ण पक्ष गम्भीर र संबेदनसिल बन्न स्थानीय ,प्रदेश र संघीय सरकारका सम्बन्धित निकायहरूलाइ  पञ्चपुरी नगरपालीका कमिटि सुर्खेतले बिशेष आग्रह गरेका छन् ।

 

मुख्य चाडपर्वहरुको आगमनको समयमा आएको बाढी र पहिरोले सबै जसो सडक संजालहरु अबरुद्ध हुदां जनताको दैनिक जिवनयापन अत्यन्तै कष्टकर बनि आवत जावतमा नै समस्या परेको विधितै छ । तत्काल आवश्यक बजेट र पर्याप्त साधनहरु (भ्याक्कु लोडर,स्काभेटर र टिप्पर) परिचालन गरि सम्पूर्ण सडकहरु मर्मत र सुचारू गर्न ,विभिन्न ठाउँका अबरुद्ध खानेपानीहरु मर्मत गरि जनतालाई शुद्व खानेपानीको व्यवस्था गर्न पञ्चपुरी नगरपालीका कमिटि सुर्खेतले ,संघीय सरकारका सम्बन्धित निकायहरु र पञ्चपुरी नगरपालिका समक्ष जोडदार माग गर्दै आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सम्पूर्ण जनसमुदायहरु लाई हार्दिक आग्रह गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।