२०८० चैत ६ मङ्गलबार

नेकपा एमाले नगरस्तरिय कार्यकर्ता भेला पञ्चपुरीमा भव्य रुपमा सम्पन्न

नेकपा एमाले नगरस्तरिय कार्यकर्ता भेला पञ्चपुरीमा भव्य रुपमा सम्पन्न
२०७८ भाद्र २६ शनिवार Author: kachapate

सुर्खेत,भदौ २६ गते । नेकपा एमाले नगरस्तरिय कार्यकर्ता भेला आज पञ्चपुरीमा भव्य रुपमा सम्पन्न भएको छ । उक्त भेलामा नेकपा एमाले पञ्चपुरि नगर सङ्गठन कमिटी भेला नगर सङ्गठन कमिटीका सह संयोजक कमरेड तुल ब सहकारी , प्रमुख अतिथि कर्णाली काठमाडौँ सम्पर्क मञ्चका सचिब कमरेड देबिराम भुषाल ,अतिथि नेकपा एमाले जिल्ला कमिटीका सदस्यहरु ः कमरेड धन बहादुर थापा ,अतिथि कमरेड डिल बहादुर रास्कोटि ,अतिथि नेकपा एमाले जिल्लाका सल्लाहकार सदस्य कमरेड खगेन्द्र प्रसाद रिमाल , पुर्व जिल्ला उप सचिब कमरेड रेशम राना, अतिथि पञ्चपुरि न पा वडा न ९, ५ र ३ का वडा अध्यक्ष शान्ति राज खराल ,होम बहादुर रामजालि र रत्न बहादुर धुराल , अतिथि कर्णाली प्रदेश शिक्षक संगठनका सदस्य कृष्ण बहादुर बिसि ,अतिथि टिकापुर बहुमुखी क्याम्पसका सभापति सुरेश प्रसाद शर्माको उपस्थिती थियो ।

पञ्चपुरीमा भएको भेलाको संचालन नगर सचिव भिम रावतले गर्नु भए को थियो भने उक्त कार्यक्रममा २०० जनाको उपस्थिती थियो । पञ्चपुरि न.पा ८ र ९ बाट २० जनाले नेपाली काँग्रेस र नेकपा माओवादि परित्याग गरि नेकपा एमाले मा प्रबेश गरेका छन् ।