२०८१ बैशाख १२ बुधबार

जापानले नेपाल सरकारलाई उपलब्ध गराउने कोरोना विरुद्धको पहिलो खोप शनिबार आईपुग्ने

जापानले नेपाल सरकारलाई उपलब्ध गराउने कोरोना विरुद्धको पहिलो खोप शनिबार आईपुग्ने
२०७८ श्रावाण २१ बिहीबार Author: kachapate

काँचापाते संवाददाता ।
काठमाडौँ ,श्रावण २१ गते । जापान सरकारले नेपाललाई सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपमध्ये करिब आधा (८ लाख डोज) पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी आइपुग्ने भएको छ ।

नेपालस्थित जापानी राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै जापानबाट  बिहीबार र  शुक्रबार करिब ८ लाख खोप नेपालको लागि ढुवानी हुने र त्यो खोप काठमाडौंमा शनिबार र आइतबार आइपुग्ने जनाएको छ ।बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापान निर्मित अस्ट्रा जेनिका खोप उपयोग हुने विश्वास जापानका राजदूत किकुटा युराकाले व्यक्त गर्नुभएको छ ।