काँचापाते अनलाईन।
काठमाडौँ,श्रावण ९ गते। स्वास्थ्य कार्यालय काठमाडौंले कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरेको छ ।स्वास्थ्य कार्यालयले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका(१८ वर्ष सम्मका) नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको प्रखुम बद्रीबहादुर खड्काले बताउनुभयो । साथै उहाँले १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो,‘अब जारी हुने सूचनामा १८ वर्ष उमेर समूहकै नागरिकले खोप पाउछ भन्ने होइन । हामी उमेर समूहकै आधारमा जान्छौं । ‘अनलाइन दर्ता गर्दै जाने र क्रमशः खोप दिँदै जाने हो ।’
खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्ने उहाँले बताउनुभयो ।सर्वसाधारणले https://vaccine.mohp.gov.np मा गएर अनलाइन दर्ता गर्न सक्नेछन् ।