२०८१ बैशाख ११ मङ्गलबार

सल्यानमा जिप दुर्घटना हुँदा चालक सहित यात्रु पनि घाइते

सल्यानमा जिप दुर्घटना हुँदा चालक सहित यात्रु पनि घाइते
२०७८ असार ३१ बिहीबार Author: kachapate

काँचापाते अनलाईन
सुर्खेत, असार ३१ गते,बिहीवार । सल्यान बाग्चौर नगरपालिकाको थारमारेबाट दार्मा गाउँपालिका–३ माझगाउँ जाँदै गरेको लु२च १६७२ नम्बरको जिप बुधबार राति दुर्घटना परेको छ । दुर्घटनामा २६ वर्षीय चालक दिनेश बुढाथोकी संगै १० जना यात्रु घाइते भएका छन् ।

घाइतेको फारुलास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।प्रहरीले जनाए अनुसार चालकले मादक पदार्थ सेवन गरेका कारण काफलगैरा भन्ने ठाउँमा जिपको गति अनियन्त्रित हुँदा सडकबाट खसेर दुर्घटनामा परेको हो ।