२०८१ बैशाख ७ शुक्रबार

ब्राजिललाई हराएर अर्जेन्टिनाले कोपा अमेरिका जित्यो

ब्राजिललाई हराएर अर्जेन्टिनाले कोपा अमेरिका जित्यो
२०७८ असार २७ आइतबार Author: kachapate

काँचापाते अनलाईन ।
काठमाडौं, असार २७ गते । दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । लियोनल मेस्सीले आफ्नो फुटबल जिवनको पहिलो प्रमुख प्रतियोगिताको उपाधि जित्ने लक्ष्य पुरा गर्दा अर्जेन्टिनाले २८ वर्षमा पहिलो पटक प्रमुख अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो । ब्राजिलले भने पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि हात पार्नबाट चुक्यो ।

३४ वर्षीय मेस्सीलाई टोलिका सदस्यहरुले खेल मैदानमा उचाल्दै खुशी आदान प्रदान गरे । अमेरिका र विश्वकप फाइनल खेले पनि मेसीले यसअगाडि आफ्नो देशका लागि कुनै ठूलो उपाधि जित्न सकेका थिएनन् ।

प्रख्यात माराकाना स्टेडियममा भएको खेलमा एक मात्र गोल डी मारियाले २२औं मिनेटमा गरे । यसका लागि रोड्रिगो डे पउलले पास उपलब्ध गराएका थिए । खेलको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसले मान्यता पाएन ।त्यसमा अफसाइडको निर्णय दिइएको थियो ।

सन् २००६ मा पहिलो पटक विश्वकप फुटबलमा सहभागी हुनुभएका मेस्सी सम्मिलित अर्जेन्टिना टोलि सन् २०१८ सम्म आइपुग्दा दुई पटक क्वार्टरफाइन, एक पटक उपविजेता र एक पटक अन्तिम १६ सम्मको यात्रा गरेको छ ।

सन् २००७ मा पहिलो पटक कोपा अमेरिका खेल्नुभएका मेस्सी पाँच संस्करणमध्ये अर्जेन्टिनालाई तीन पटक उप विजेता, एक पटक क्वार्टरफाइनल र एक पटक सेमीफाइनलसम्म पुर्याउनुभएको छ । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबल जिते यता कुनै प्रमुख उपाधि जित्न सकेको थिएन । कोपा अमेरिका जितेपछि सन् २०२२ को डिसेम्बरमा कतारमा हुने विश्वकप फुटबलमा मेस्सीको भूमिकाका लिएर प्रशंसकको अपेक्षा समेत बढेको छ ।