२०८१ बैशाख १३ बिहीबार

सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको पहिलो खेप नेपाल आइपुग्यो

सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको पहिलो खेप नेपाल आइपुग्यो
२०७८ असार २५ शुक्रबार Author: kachapate

काँचापाते अनलाईन ।

काठमाडौँ, २५ असार। नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ।खोप लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शुक्रबार बिहान ६ः१६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग सम्झौता सहित खरिद गरिएको हो । खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघण्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ ।

चीनबाट खरिद गरी ल्याइएको खोप ५५ देखि ६२ वर्ष उमेर समूहका नागरिकलाई लगाउने सरकारको तयारी छ । चीन सरकारले अनुदानमा दिएको १० लाख डोज खोप काठमाडौं उपत्यकामा ६० वर्षमाथिका र बाहिरी जिल्लामा ६२ भन्दामाथिका नागरिकलाई लगाइसकिएको छ । यसअघि ५५ वर्षमाथिका ३७ लाखमध्ये करिब १७ लाखलाई खोप लगाइसकेको विभागले जनाएको छ ।