२०८१ बैशाख १३ बिहीबार

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन
२०७८ असार २३ बुधबार Author: kachapate

काँचापाते संवाददाता ।
काठमाडौँ,असार २३ गते । बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा बुधबार बिहान साढे ७ बजे निधन भएको छ । उहाँ करीब एक हप्ता अघि अस्पताल भर्ना हुनुभएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि दिलीप कुमारलाई जुन ६ मा अस्पताल भर्ना गरिएको थियो । दिलीप कुमारको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्दै ट्विट सांस्कृतिक क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन् ।

उनलाई सन् १९९१ मा भारत सरकारले पद्मभूषण र सन् २०१६ भारतको दोस्रो ठूलो नागरिक सम्मान पद्मविभूषणबाट सम्मानित गरिएको थियो । त्यस्तै उनले सन् १९९५ मा दादा साहब फाल्के पुरस्कार प्राप्त गरेका थिए । सन् १९९७ मा उनलाई फाकिस्तान सरकारले सबैभन्दा ठूलो नागरिक सम्मान ‘निशान ए इम्तियाज’ बाट सम्मानित गरेको थियो । उनी पछिल्लो पटक ‘किला’ चलचित्रमा देखिएका थिए ।