२०८० मंसिर २३ शनिवार

कर्णालीमा सर्वोच्चबाट पुनर्बहाली भएका एमालेका तीन प्रदेश सांसद फेरि निलम्बित

कर्णालीमा सर्वोच्चबाट पुनर्बहाली भएका एमालेका तीन प्रदेश सांसद फेरि निलम्बित
२०७८ असार ११ शुक्रबार Author: kachapate

देवराज जैशी
सुर्खेत,असार ११ गते । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिने कर्णाली प्रदेशका चार सांसदमध्ये तीनजना नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालयद्धारा फेरि निलम्बनमा परेका छन् ।सचिवालयले एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश वैठकको निर्णय अनुसार भौतिकमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भुमिमन्त्री कुर्मराज शाहीलाई निलम्बन गरिएको जनाएको छ ।

नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भन्दै विज्ञप्तिमा सुचना प्रकाशित गरिएको छ । यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन । ज्वाला असार १ गते दलको बैठकमा सहभागी भएका थिए भने सोही दिन प्रदेश सभामा समेत बिपक्षमा बसेका थिए ।