२०८० मंसिर २३ शनिवार

“कालो झण्डा देखाउन लाग्नु भन्दा लोकसेवा पढ्नतिर लाग्नुहोस” – मुख्यमन्त्री शाही

“कालो झण्डा देखाउन लाग्नु भन्दा लोकसेवा पढ्नतिर लाग्नुहोस” – मुख्यमन्त्री शाही
२०७८ असार ११ शुक्रबार Author: kachapate

देवराज जैशी ।
११ असार ,कालिकोट । कालिकोट जिल्लाको नरहरीनाथ गाउपालिकाको नवौँ गाउसभा तथा बजेट अधिवेशन उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष धिरबहादुर बिष्टको अध्यक्षतामा सञ्चालन भएको उक्त उद्वघाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री मा। महेन्द्र बहादुर शाहीको प्रमुख आथित्यता, भुमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको विशेष आतिथ्यत्ता रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै भुमि, ब्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले – “आफू कृषि मन्त्री हुनुको नाताले किसानहरुलाई दिएको अनुदान, व्यवसाय गर्ने ईच्छा भएका किसानहरूले रकम लिदा ब्याज आफुले दिन नपर्ने र प्रदेश सरकारले तिरिदिने बताउनु भयो ।”

त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले – “अत्यन्तै भौगोलिक विकटता भएको नरहरिनाथ गाउपालिकाको बिकास र समृद्धिका लागि पुर्वाधार बिकासमा कर्णाली प्रदेश सरकारले बिशेष जोड दिने र नरहरिनाथ गाउपालिकाले पनि पुर्वाधार बिकासमा जोड दिनुपर्ने बताउनु भयो । बजेट ब्यबस्थापन गर्ने काम जनप्रतिनिधिको भएपनी कार्यान्वयनको जिम्मा जनताको भएकोले सबैले यतिबेला जिम्मेवार ढंगले ध्यान दिनुपर्ने बताउनु भयो ।”

यतिबेला गृहजिल्लाका विभिन्न स्थानीय तहमा वजेट विनियोजन हुने उद्घाटन कार्यक्रमको उद्घाटनमा व्यस्त मुख्यमन्त्री शाहीलाई जिल्लाको खाडाचक्र नगरपालिकामा आफुलाई केही व्यक्तिहरुले कालो झण्डा देखाएको भन्ने कुराको खेद प्रकट गर्नुभएको थियो। कालो झण्डा देखाउन अभ्यस्त रहेका युवाहरुप्रती दयाको भाव प्रकट गर्दै – कालो झण्डा देखाउन सिक्नु भन्दा युवाहरूले लोकसेवामा अभिप्रेरित रहन, उद्ध्मी बन्न र कृषि पेशामा लाग्न सुझाव दिनुभएको थियो ।कार्यक्रममा बोल्दै गाउपालिकाका अध्यक्ष धिर बहादुर बिष्टले नवौं गाउसभा तथा बजेट अधिबेशन को उद्वघाटन कार्यक्रम सम्पन्न पछि बन्दसत्रमा बजेट ल्याउने बताउनु भयो ।

यतिबेला ल्याएको बजेटले गाउपालिकाको समृद्धि र बिकासमा टेवा पुर्याउने बताउनु भयो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष मनशोभा बुढा, राजनितीक दलका प्रमुख प्रतिनिधि, पत्रकार लगाएतका अन्य अतिथिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन भने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गलाल न्यौपानेले गर्नु भएको थियो ।