२०८१ बैशाख १३ बिहीबार

आन्तरिक उडान असार १७ देखि,अन्तर्राष्ट्रिय भोलिबाट

आन्तरिक उडान असार १७ देखि,अन्तर्राष्ट्रिय भोलिबाट
२०७८ असार ९ बुधबार Author: kachapate

काँचापाते संवाददाता
काठमाडौं, असार ९ गते ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख २० गतेदेखि बन्द गरिएको व्यवसायिक आन्तरिक उडान असार १७ गतेदेखि नियमित शुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै बुधबार नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गर्दै यही असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीद्वारा जारी सूचनामा १ जुलाई अर्थात् १७ असारबाट आन्तरिकतर्फका नियमित हुने उल्लेख छ । असार १७ गतेबाट कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न तथा अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा तपसिलको तालिका बमोजिम उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि रोकिएको आन्तरिक उडान ६० औं दिनपछि पुनः सर्तसहित सञ्चालन हुने भएको छ । यसैगरी बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान शुरु हुने भएको छ ।गत वर्ष कोराना संक्रमण रोकथाम गर्ने उद्देश्यले ०७६ चैत ११ गतेदेखि रोकिएको नियमित आन्तरिक उडान १ सय ७९ दिनपछि असोज ५ गते सर्त र कोटासहित सुचारु भएको थियो ।