२०८१ बैशाख ७ शुक्रबार

नेपालमा कोभिड–१९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला

नेपालमा कोभिड–१९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला
२०७८ असार ७ सोमबार Author: kachapate

काँचापाते संवाददाता
काठमाडौं, असार ७ गते । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले नमुना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप के ४१७एन म्युटेसन देखिएको बताए । यसलाई एवाई।१ नाम दिइएको छ ।हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको छ ।

वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागहरुबाट संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमूना विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमूनामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो ।

मन्त्रालयले यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’को रुपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रुपमा कप्पा भेरियन्ट पुष्टि भएको जनाएको छ । यी भेरियन्टहरु बढी सङ्क्रामक तथा सबै उमेर समूहका मानिसहरुलाई असर पार्ने विभिन्न अध्ययनहरुबाट पाइएको मन्त्रालयले जनाएको छ ।