२०८१ बैशाख ७ शुक्रबार

विषम् परिस्थितिमा विदेशमा रहेका युवाले सम्झिए जन्मभुमी

विषम् परिस्थितिमा विदेशमा रहेका युवाले सम्झिए जन्मभुमी
२०७८ असार ६ आइतबार Author: kachapate

विष्णु रिमाल
काठमाडौँ , असार ६ गते । रोजगारिको सिलसिलामा दक्षिण कोरियामा कार्यरत पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका युवाहरुले कोरोना विरुद्धको लडाईमा अत्यावश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु खरिद गर्नका लागि दक्षिण कोरियामा संयुक्त सहयोग अभियान संचालन गरि सहयोग गरेका छन् ।

सहयोगका क्रमका पञ्चपुरीका नगरपालिका अन्तर्गत सालकोट आईसोलेसन केन्द्रलाई अक्सिजन सिलिन्डर ४० के.जि. पाँच थान , पल्स अक्सिमिटर १० थान , डिजिटल थर्मोमिटर १५ थान , सर्जिकल माक्स ५० बक्स आदि स्वास्थ्य सामाग्री पञ्चपुुरी नगरपालिका वडा नं. ५ का अध्यक्ष होम बहादुर रामजाली मार्फत नगर प्रमुख उपेन्द्र बहादुर थापा र नगर उपप्रमुख मुक्ति देवी रेग्मीको उपस्थितिमा नगर स्वास्थ्य शाखालाई हस्तानतरण गरिएको छ ।

यस कार्यक्रममा वडा नं. ९ वडा नं. ६ लगायतका अन्य वडा अध्यक्षहरु र नगर स्वास्थ्य प्रमुख गंगादेव पुरीको पनि सहभागीता रहेको थियो ।यस अभियानमा दक्षिण कोरियामा कार्यरत पञ्चपुरी र चौकुनेका युवाहरु आशा राम ढुंगाना , विरेन्द्र वि.सी. लगायतको अगुवाईमा ८२ जना युवाहरुको सक्रियतामा सहयोग रकम संकलन गरिएको थियो । यस्तो विषम् परिस्थितिमा पनि युवाहरुले सहयोग भावका साथ जन्मथलोलाई सम्झिएका छन् ।