२०८१ बैशाख ७ शुक्रबार

रहेनन् लोकप्रिय नेता तप्त बिस्ट

रहेनन् लोकप्रिय नेता तप्त बिस्ट
२०७८ असार ६ आइतबार Author: kachapate

देवराज जैशी
सुर्खेत,असार ६ गते । नेपाली काङ्ग्रेसका सुर्खेत पुर्व सभापति तप्त बहादुर बिस्टको कोभिड १९ को कारणले आज बिहान ५ बजे ललितपुरको मेडासिटि अस्पतालमा उपचारको क्रममा निधन भएको छ।

नेपाल काङ्ग्रेस सुर्खेतको लगातार १८ बर्ष सम्म जिल्ला सभापतिको नेतृत्व गर्नु भएका बिस्ट २०७० सालको निर्वाचनमा संम्बिधान सभा सदस्यमा निर्वाचित भई सुचना तथा सन्चार राज्यमन्त्री समेत भैसक्नु भएको थियो ।सुर्खेतको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान रहेका बिस्टको कार्याकालमा पुल पुलेसा लगाएतका बिकास निर्माणका कारणले पश्चिम सुर्खेती जनतामाझ लोक प्रिय नेतामा गनिन्थे ।

६० बर्षिय नेता बिष्टलाई प्रदेश अस्पताल सुर्खेत बाट थप उपचारको लागि हेलिकप्टर बाट ललितपुर स्थित मेडासिटि अस्पतालमा लगिएको थियो ।सुर्खेतको पन्चपुरि ,११ थानकोट घर भएका नेता बिस्ट बिकास वादि नेताका रुपमा परिचीत थिए ।