२०८० मंसिर २३ शनिवार

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन,तामाकोशीकाे बहाव बढ्न सक्ने

पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन,तामाकोशीकाे बहाव बढ्न सक्ने
२०७८ असार ५ शनिवार Author: kachapate

काँचापाते संवाददाता
काठमाडौँ,असार ५ गते । दोलखा पहिरोले थुनिएको तामाकोसी नदीको सहायक तिब्बत क्षेत्रमा पर्ने रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ ।शुक्रबार रातिदेखि नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा वर्षा भएपछि रोङ्सी खोला पहिरोले थुनिएको थियो ।

सो खोलामा आएको पहिरो हटाउन शनिबार बिहानैदेखि चिनियाँ टोली परिचालन भएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको जानकारी आएको छ ।ताल फुटाउन चिनियाँ टोली पुगे पनि कति जना परिचालन गरिएको खुलाइएको छैन । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उनले सुनाए । उक्त खोलाबाट बाढी आउन सक्ने आकंलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।

उक्त नदी तामाकोशी नदीमा आएर मिसिने गर्छ ।तामाकोसी जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटरमा रहेको छ । तामाकोसीमा बाढी आउन सक्ने भन्दै नदीतटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।