काँचापाते अनलाईन
काठमाडौँ,असार ३ गते । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मंगलबार राति आएको बाढीमा बेपत्ता २० जनामध्ये दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक अनुसार चिनियाँ नागरिक गोङ टियान छियो सिन्धुपाल्चोकको इन्द्रावती खोला किनारमा र अर्का चिनियाँ नागरिक यु चि झु र भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुलीको सुनकोसी नदी किनारमा भेटिएको छ ।
हराइरहेका १७ जनामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका १४ जना, दुई भारतीय र १ चिनियाँ नागरिक रहेका छन् ।जसमध्ये दुई भारतीय विजय बासुमन्तरी, जिनडाओ बासुमन्तरी र एक चिनियाँ सन यु चुवान अझै वेपत्ता रहेका छ ।