२०८० मंसिर २३ शनिवार

कर्णाली प्रदेशको आर्थिक वर्ष २०७८ र ७९ को बजेट(पूर्ण पाठसहित)

कर्णाली प्रदेशको आर्थिक वर्ष २०७८ र ७९ को बजेट(पूर्ण पाठसहित)
२०७८ असार २ बुधबार Author: kachapate

देवराज जैशी
असार २ गते ,सुर्खेत ।सुर्खेत कर्णाली प्रदेश सरकारले अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि रु. ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार को बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रस्तुत गरेको बजेटमा पूजीगत खर्च तर्फ रू.२१ अर्ब ६५ करोड ३९ लाख १३ हजार (५९ प्रतिशत),चालु खर्च रु.११ अर्ब ४९ करोड २७ लाख ७० हजार (३१ प्रतिशत) छुट्टाइएको छ भने वित्तीय हस्तान्तरण तर्फ रु.३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार (१० प्रतिशत) बजेट छुट्टाइएको छ ।bajet baktabya_1623770264