२०८० मंसिर २३ शनिवार

सुर्य थापा भन्छन्,कर्णालीको मुख्य मन्त्री यामलाल कडेल नै बन्ने छन्

सुर्य थापा भन्छन्,कर्णालीको मुख्य मन्त्री यामलाल कडेल नै बन्ने छन्
२०७८ असार १ मङ्गलबार Author: kachapate

देवराज जैशी
सुर्खेत,असार १ गते । कर्णाली प्रदेश बाट प्रतिनिधित्व गर्दै पछिल्लोपटक पुनःगठन गरिएको काम चलाउ सरकारमा बिना बिभागिय मन्त्रीको रूपमा मुगुका सभासद मोहन बानियाँको पदभार ग्रहण समारोहमा सुर्य थापाले अब कर्णालीको मुख्य मन्त्री यामलाल कडेल नै बन्ने कुरा बताउनु भएकोथियो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका थापाले नेकपा एमाले कर्णाली सम्पर्क कमिटीको टिमलाई बिना बिभागीय मन्त्रीको कार्यकक्षमा भएको भेटघाटमा नेकपा एमाले कर्णाली प्रदेशका संसदीय दलका नेताले श्री यामलाल कडेलनै अवको मुख्य मन्त्री बन्ने दावि गर्नु भएको थियो ।

 

हाल मुख्य मन्त्रीको अबिश्वासको चुनावमा एमाले पार्टीको निर्देशन त्योडेर मुख्य मन्त्री पदमा माओवादीका महेन्द्र बहादुर शाहिलाई बिजयि गराएका एमालेको सासंदहरु प्रकाश ज्वाला , कुर्म्र राज शाहि , अम्बर थापा र नन्द सिन्ह बुढा कानुनी रूपमा एमालेका सासंद रहेपनि व्यवाहारिक रूपमा स्वतन्त्र सासंदको रूपमा तिन जनाले मन्त्रीको जिम्मेवारी बहन गरिरहेका छन् ।