२०८१ बैशाख १२ बुधबार

उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप,पसल ११ बजेसम्म खोल्न पाइने

उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप,पसल ११ बजेसम्म खोल्न पाइने
२०७८ जेठ ३० आइतबार Author: kachapate

काठमाडौं, जेठ ३० गते । काठमाडौँ उपत्यकामा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले फेरि एक साताका लागि निषेधाज्ञाको अवधी थप गर्ने निर्णय गरेको छ ।यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई असारको ७ गतेसम्म बढाउने निर्णय उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटमा राखिएको सूचना अनुसार निषेधाज्ञा कायमै भएपनि केही प्रावधानलाई भने खुकुलो बनाइएको छ ।बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न दिने निर्णय गरेको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्दै आएकोमा बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय गरेको छ। यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ११ सम्म मात्र खोल्न दिइएको छ ।

हार्डवेयर पसल अपरान्ह ४ बजेपछि र निर्माण सामाग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म लागु हुने निर्णय भएको छ ।

सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजा, शैक्षिक संस्थाहरु, सार्वजनिक सवारी साधन सञ्‍चालनमा रोक लगाउने निर्णय यथावत् राखिएको छ ।यसअद्दि थप गरिएको निषेधाज्ञाको अवधि भोली सोमबार राती १२ पछि सकिँदैछ ।