२०८० चैत ६ मङ्गलबार

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई पुनः बहालि गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदलाई पुनः बहालि गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
२०७८ जेठ २७ बिहीबार Author: kachapate

देवराज जैशी

जेष्ठ २७ गते,सुर्खेत।सर्वोच्च अदालतले पार्टीको निर्देशन विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादृुर शाहीको पक्षमा मतदान गरेका चार सांसदमाथिको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले प्रदेश सभाबाट निष्कासित सदस्यहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सदस्यकै हैसियतमा यथावत काम गर्न दिन पनि आदेशमा भनेको छ ।

नेकपा (एमाले) को झलनाथ खनाल माधवकुमार नेपाल पक्षका कर्णाली प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुनर्बहाली गरेको हो ।मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राखेको विश्वासको मतको पक्षमा फ्लोरक्रस गरेर मतदान गरेपछि एमालेले चारजना सांसदहरुलाई कारबाही गरेपछि पदमुक्त गरेको थियो। सोही कारबाहीका आधारमा प्रदेश सभा सदस्यको स्थान रिक्तको सूचना जारी गरिएको थियो ।