काठमाडौँ, २४ जेठ। कर्णाली प्रदेश र प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु भएको छ । आर्थिक कार्यविधि ऐनअनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट छलफल गर्नुपर्ने नियम भए पनि त्यसलाई अध्यादेशमार्फत संशोधन गर्दै प्रदेश सरकारले ढिला गरी बजेट अधिवेशन आह्वान गरेका हुन्।
केही दिनअघि बसेको सर्वदलीय बैठकले प्रदेशसभाको बजेट अधिवेशन अविलम्ब बोलाउन माग गरेको थियो । गएको बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीले आज दिउँसो २ बजेको लागि बजेट अधिवेशनको आह्वान गर्नुभएको थियो ।
प्रदेश सभाको आठौं (वर्षे)अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।