२०८१ बैशाख ७ शुक्रबार

राउटे बस्ती सिल, २२ जना प्रहरीको टोली परिचालन

राउटे बस्ती सिल, २२ जना प्रहरीको टोली परिचालन
२०७८ जेठ २४ सोमबार Author: kachapate

देवराज जैशी
जेष्ठ २४,सुर्खेत । राउटे किशोरी माथी भएको यौन दुर्व्यवहारको कारणले राउटे समुदाय असुरक्षित भएको छ । राउटे समुदाय सम्म गैर राउटे समुदायका व्यक्तिहरु प्रबेश गरि यौन दुर्व्यवहारको घटनाको जानकारी र भिडियो समेत राउटे समुदाय सम्म नपुगोस भन्ने हेतुले जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्तीमा बाहिरि मानिसको प्रवेशमा रोक लगाएको छ ।राउटे बस्तीमा कसैलाई आउन नदिन २२ जना प्रहरीको टोली खटाइनुका साथै पूरै बस्ती सिल समेत गरिएको छ । हाल राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।