२०८० चैत ६ मङ्गलबार

ओलीद्धारा पार्टी एकताको आवहान

ओलीद्धारा पार्टी एकताको आवहान
२०७८ जेठ २३ आइतबार Author: kachapate

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज साँझ बक्तव्य जारी गरि पार्टी एकताको प्रस्तावको आवहान गर्नुभएको छ ।पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन ओली तयार भएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका हुन् ।

बक्तव्यमा भनिएको छ ,पार्टी एकताको निम्ति आवश्यक छलफल र संवादका माध्यमबाट नेकपा एमालेलाई थप शसक्त र एकताबद्ध बनाइनेछ । उनले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरुको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ पूर्वको अवस्थामा सक्रिय हुने बताइएको छ । साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरिएको छ ।