२०८० चैत १५ बिहीबार

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीद्धारा सपथ ग्रहण

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीद्धारा सपथ ग्रहण
२०७८ जेठ २३ आइतबार Author: kachapate

देवराज जैसी

सुर्खेत, जेठ २३ गते । कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुने भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई जनालाई मन्त्रीमा नियुक्त गर्नु भएको थियो । २०७४ को निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक सरकारमा गएको हो ।

प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले आइतबार एक समारोेहकाबीच नवनियुक्त मन्त्रीहरु जलस्रोत तथा उर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।