२०८१ बैशाख ११ मङ्गलबार

राजेन्द्र महतो अभिव्यक्तिप्रति नेता यामलाल कडेलको टिप्पणी

राजेन्द्र महतो अभिव्यक्तिप्रति नेता यामलाल कडेलको टिप्पणी
२०७८ जेठ २२ शनिवार Author: kachapate

काठमाडौँ ,जेठ २२ गते । नेपाल सरकारका उप प्रधानमन्त्रीमा नियुक्ति भएका राजपाका नेता राजेन्द्र महतोले पदभार ग्रहण लिएको दिनमै दिएको अभिव्यक्ति प्रति नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा कर्णाली प्रदेश संसदिय दलका नेता यामलाल कडेलले आफ्नो फेसबुक आईडी मार्फत विरोध जनाउनु भएको छ ।

नेता कडेल भन्छन् ,उपप्रधानमन्त्री राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने भनि दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ ।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कडेलले शनिबार उक्त कुराको विरोध जनाएका हुन् ।यसै सन्दर्भमा उनी लेख्छन् ,जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस प्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।

नेता कडेल प्रधानमन्त्री के.पी ओलीका निकट नेता मानिन्छन् ।