२०८० चैत १५ बिहीबार

उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो ,खाद्यान्न पसल खोल्न पाइने

उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो ,खाद्यान्न पसल खोल्न पाइने
२०७८ जेठ २१ शुक्रबार Author: kachapate

जेष्ठ २१ गते,काठमाडौं । बुधवार काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लम्ब्याउने निर्णय भए लगत्तै काठमाडौं उपत्यकामा जेठ ३१ सम्म थप गरिएको निषेधाज्ञा आजबाट लागू भएको छ ।

काठमाडौंका सीडीओले जारी गरेको निषेधाज्ञासम्बन्धी आदेशमा खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दुध डेरी, मासु पसल, ग्याँस पसल बिहान ९ बजेसम्म खोल्न पाइने उल्लेख छ । यस्तै निर्माण सामाग्री ढुवानीका सवारी साधान राती ९ बजेदेखि बिहान ४ सम्म चलाउन पाइने पनि आदेशमा उल्लेख गरिएको छ । यस्तै, सवारी साधन मर्मत गर्ने वर्कशपहरु राती ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइनेछ ।

औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ सम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ ।