२०८१ जेठ १६ बुधबार

चीनबाट काठमाडौं आइपुग्यो आठ लाख डोज अनुदानको खोप

चीनबाट काठमाडौं आइपुग्यो आठ लाख डोज अनुदानको खोप
२०७८ जेठ १८ मङ्गलबार Author: kachapate

काठमाडौँ, जेठ १८ गते । नेपाल एयरलाइन्सको जहाज बेइजिङबाट भेरोसेल खोप लिएर काठमाडौँ आइपुगेको छ ।

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर एयरलाइन्सको जहाज काठमाडाैंमा अवतरण गरेकाे नेपाल वायुसेवा निगमका प्रमुख डिम पाैडेलले बताउनुभयाे । साे जहाज हिजो बेइजिङ गएको थियो ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवि भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले ८ लाख खोप नेपाललाई अनुदानमा दिने घोषणाअनुसार सो खोप नेपालले ल्याएको हो ।

खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त खोप चीनको सिनोफार्म कम्पनीले विकास गरेको हो ।गोरखापत्र अनलाइन