२०८१ बैशाख १३ बिहीबार

कर्णाली प्रदेश सरकारलाई ध्यान आकर्षण गराउनका लागी प्रेस विज्ञप्ति

कर्णाली प्रदेश सरकारलाई ध्यान आकर्षण गराउनका लागी प्रेस विज्ञप्ति
२०७८ जेठ १६ आइतबार Author: kachapate

सुरेन्द्र रावल
काठमाडौं,जेठ १६ गते ।नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा संसदीय दलका नेता यमलाल कडेलले कर्णाली प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै प्रेस विगप्ति जारी गर्नुभएको छ ।

उहाँले जारी गर्नुभएको प्रेस विज्ञप्ति अनुसार आगामी आर्थिक वर्ष ७८/७९ का लागी सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकता माथि आवश्यक छलफल गर्नुपर्ने महत्त्वपूर्ण समय सुरु भइसकेको र नेपालको संविधान अनुसार प्रत्येक प्रदेश सभाले आषाढ १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रेस विज्ञप्तिमा अनुसार  प्रदेश सभा नियमावली १७ को नियम १३२ को उपनियम २ बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रीले विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफलका लागि संसदमा प्रस्ताब गरी सोही नियमको उपदफा ४ बमोजिम विनियोजन विधेयक प्रस्तुत हुनुभन्दा १५ दिन पूर्व नै समाप्त भइसक्नुपर्ने कानुनी प्रावधान छ ।

प्रदेश सभालाई जनउत्तरदायी बनाई भविष्यसंग जोडिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आवश्यक छलफल तथा समयको व्यवस्था गरी संसदको अधिवेशन आवहान छिटो गर्नको लागि कर्णाली प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउनका लागि प्रेस विज्ञप्ति जारी गरिएको हो ।