सरकारी आगामी आर्थिक वर्ष २०७८/२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक भएको छ। गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढाएर ल्याइएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड रुपियाँ विनियोजन गरेको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो ।पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड छुट्याएको छ । त्यो कुल बजेटको २२.७ प्रतिशत हो ।त्यस्तै,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपियाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२.६ प्रतिशत हो ।सोहीअनुसार प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री पौडेलले शनिबार ४ बजेर १० मिनेटमा बजेट प्रस्तुत गर्न शुरु गर्नुभएको थियो । ६ बजेर ५३ मिनेटमा सम्पन्न गर्नुभयो । उहाँलाई बजेट प्रस्तुत गर्न पौने तीन घण्टा समय लागेको थियो ।