२०८१ बैशाख १३ बिहीबार

ओरालो लाग्दैछ कोरोना ग्राफ : निको हुने दर ७४ प्रतिशतबाट ७७.२ प्रतिशत पुग्यो

ओरालो लाग्दैछ कोरोना ग्राफ : निको हुने दर ७४ प्रतिशतबाट ७७.२ प्रतिशत पुग्यो
२०७८ जेठ १३ बिहीबार Author: kachapate

काठमाडौं, जेठ १३ गते ।नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७३१ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ४२ हजार २५६ पुगेको छ भने हाल एक लाख १६ हजार ४७६ जना सक्रिय सङ्क्रमित छन् । हालसम्म चार लाख १८ हजार ८२९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा सात हजार २२६ सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

पछिल्लो चौबीस घण्टामा १०६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले छ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल एक हजार नौ जना क्वारेन्टिनमा छन् ।

यसअघि ७४ प्रतिशतमा झरेको निको हुने दर ७७।२ प्रतिशत पुगेको छ ।