२०८० मंसिर २३ शनिवार

चीन सरकारद्वारा नेपाललाई थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा

चीन सरकारद्वारा नेपाललाई थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा
२०७८ जेठ १२ बुधबार Author: kachapate

काठमाडौं, जेठ १२ गते । चीन सरकारले नेपाललाई थप १० लाख डोज कोभिड १९ खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।

नेपालका लागि चीनका राजदूत हाउ यान्छीले ट्वीट गर्दै दुई देशका राष्ट्रपतिबीच भएको संवादका आधारमा चीन सरकारले एक मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेको जानकारी गराउनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवादका दौरान चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

यसैबीच आजै चीनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दलका नेताहरुसँग भर्चुवल अन्तरक्रिया गरेको थियो । सो अन्तरक्रियामा नेपालका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित दलका नेताहरुले कोभिड १९ संक्रमणकाबीच नेपाललाई चीनले गरेको सहयोगको धन्यवाद व्यक्त गर्दै थप सहयोगको आग्रह गर्नुभएको थियो ।