२०८१ बैशाख ११ मङ्गलबार

उपत्यकामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म थप गर्ने निर्णय,९ सम्म मात्र खोल्न पाइने

उपत्यकामा जारी निषेधाज्ञा जेठ २० गतेसम्म थप गर्ने निर्णय,९ सम्म मात्र खोल्न पाइने
२०७८ जेठ ११ मङ्गलबार Author: kachapate

काठमाडौं, जेठ ११ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साता अर्थात जेठ २० गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । अब जारी थपिएको निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार यस अघि खुल्दै आएका किराना पसल, डिपार्टमेन्टल स्टोल लगायत खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय भएको छ।विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा रोक लगाइएको छ । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ ।

‘यसअघिको निषेधाज्ञाभन्दा अब हुने प्रावधानमा कडा सर्त छन् । उल्लंघन गरेको पाइए उल्लंघन गर्नेलाई कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको छ । आदेशका प्रावधान पछिल्लो पटक जारी गरिएको कोभिडसम्बन्धी अध्यादेशअनुरुप हुने छ,’ ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने ।