२०८० चैत १५ बिहीबार

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनहरुको बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनहरुको बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाइ
२०७८ जेठ ११ मङ्गलबार Author: kachapate

काठमाडौँ, ११ जेठ ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर भएका छन् । सर्वोच्च अदालतले संवैधानिक बेन्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाई १४ गते शुक्रबार र अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाई भने जेठ १३ गते बिहीबार हुन लागेको  जनाएको छ ।

सरकारको सिफारिसमा जेठ ८ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो । यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलसहित १४६ सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटको सुनुवाइ पनि शुक्रबार नै हुनेछ ।

सर्वोच्च अदालतले बिहीबार एकल इजलासमा सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीशले आफू वा जोकोही एकजना न्यायाधीशका लागि तोक्न सक्नेछन् । शुक्रबारको सुनुवाइ भने ५ सदस्यीय संवैधानिक इजलासमा नै हुनेछ ।