२०८० मंसिर २३ शनिवार

प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति कार्यालय अगाडि युथ कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति कार्यालय अगाडि युथ कांग्रेसको प्रदर्शन
२०७८ जेठ ९ आइतबार Author: kachapate

काठमाडौँ,जेठ ९ गते। आइतबार राष्ट्रपति कार्यालय अगाडि प्रतिनिधिसभा विघटनको विरोधमा युथ कांग्रेस नेपालले प्रदर्शन गरेको छ ।असंवैधानिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेको भन्दै युथ कांग्रेसले प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बाध्यकारी प्रावधान उल्लंघन गर्दै राजीनामासमेत नदिई धारा ७६(५०)बमोजिम प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत नलिनु, आफूले मार्गप्रशस्त गरिसकेपछि पुनः प्रधानमन्त्रीका लागि दाबी लैजानु, प्रधानमन्त्रीको दाबी परिसकेपछि राष्ट्रपतिले इन्कार गर्नु र ओलीलाई प्रधानमन्त्री कायम राखेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको उनीहरूको भनाइ छ ।

प्रहरीले प्रदर्शनमा उत्रिएका ३ जनालाई पक्राउ गरेको छ ।