२०८१ बैशाख १३ बिहीबार

देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर संकलन

देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर संकलन
२०७८ जेठ ७ शुक्रबार Author: kachapate

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५०) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निवासतर्फ लागेका हुन् । बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

उनका अनुसार कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूह सांसहरुले हस्ताक्षर गरेका छन् । कांग्रेस सांसद गगन थापाका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।