२०८० चैत १५ बिहीबार

आर्चरको चोटको शल्यक्रिया गरिने

आर्चरको चोटको शल्यक्रिया गरिने
२०७८ जेठ ७ शुक्रबार Author: kachapate

काठमाडौँ ,जेठ ७ गते । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको चोटको शल्यक्रिया गरिने भएको छ ।

आर्चरको चोटको शुक्रबार शल्यक्रिया गरिने भएको हो । आर्चरले लामो समय दाहिने हातको कुहिनोको चोट बोकेका छन् ।

चोटकै कारण उनले घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिज समेत गुमाउने छन् ।

चोटकै कारण उनले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) गुमाएका थिए । चोट मुक्त हुँदै उनी काउन्टी च्याम्पियनसिप खेलेका थिए । तर, उनको चोट पु.न बल्झिएको बताईएको छ ।

इंग्ल्यान्डले जुनमा न्युजिल्याण्डसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट जुन २ मा लर्ड्समा शुरु हुनेछ ।