२०८१ बैशाख १३ बिहीबार

राष्ट्रपतिद्वारा शपथ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश जारी

राष्ट्रपतिद्वारा शपथ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश जारी
२०७८ जेठ ६ बिहीबार Author: kachapate

काठमाडौं, जेठ ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड –१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपतिले वाचन गरेको शब्द वाचन नगरी ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएको थियो ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत नेपालको संविधानको धारा ११४ को उपधारा ९१०बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको जानकारी दिनुभएको छ ।