२०८१ बैशाख ७ शुक्रबार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा ५०८८ मतभारले डा.खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा ५०८८ मतभारले डा.खिमलाल देवकोटा विजयी
२०७८ जेठ ६ बिहीबार Author: kachapate

हेटौडा, जेठ ६ गते । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटा ५०८८ मतभारले विजयी हुनुभएको छ ।

चुनाव चिह्न कलम भएका देवकोटाले ५०८८ मतभार पाए भने सूर्य चिह्नमा लडेका थापाले चार हजार १४ मतभार पाएका छन्।त्यसैगरी नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् ।

राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेबाट गृहमन्त्री थापा र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षले डा‍‍‍। देवकोटालाई उम्मेदवार बनाएको थियो।

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका हुन्। बागमती प्रदेशसभा सदस्य १ सय ९ जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ गरी ३ सय ४७ मतदातामा सहभागी भएका थिए।